पाख्रिबासको ‘रमाइलो दशैं मेला २०८१ ’ मा आज खुइली
धनकुटा । दशैंको अवसर पारेर धनकुटाको पाख्रिबासमा दशैं मेला जारी छ । पाख्रिबास ४ स्थित जालपादेवी माबिको खेल मैदानमा रमाइलो दशैं मेला २०८१ चलिरहेको छ ।
मेला असोज गत २५ गते देखि सुरु भएर कार्तिक १० गते संचालन हुने आयोजक युथ युनाइटेड, पाख्रिबासका अध्यक्ष गणेश गुरुंगले बताउनु भयो ।
मेलामा चर्चित राष्ट्रिय कलाकारहरुले पनि प्रस्तुति दिंदै आएका छन् । जस अन्तर्गत आज चर्चित हांस्य कलाकार तथा गायिका नविना सिलनाल”खुइली” ले आफ्नो प्रस्तुति दिनेछन् ।
मेलामा रोटेपिंग,हाउजी लगायतका विभिन्न मनोरन्जनात्मक खेलहरुको पनि आयोजना भइरहेको छ ।


