१२ औं रारा गोल्डकप फुटबल : डाँडाबजारलाई पराजित गर्दै बेलबारी सेमीफाईनलमा
देव याखा/बैसाख ३०,(चौबिसे)धनकुटा । चौबिसे गाउँपालिकाको सदरमुकाम राजारानीमा जारी १२ औं रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटर फाईनल खेल मोरङको एल.एक्स.फुटबल क्लब बेलबारी संग धनकुटाको डाँडा बजार फुटबल क्लव पराजित भएको छ ।
मंगलबार भएको खेलमा धनकुटा २–० को अन्तरले पराजित भएको हो । हिजो भएको उत्घाटन खेलमा आयोजक राजारानी फटबल क्लव राजारानी, गोल्डेन युथ क्लव सुनसरी संग पराजित भएपछि धनकुटा रारा कपबाट बाहिरिएको छ ।

आज भएको खेलमा लेटाङका अभिषेक ठकुरीले खेलको १३ मिनेट र अरुण तामाङले ५१ मिनेटमा गोल गदै आफ्नो टिमलाई बिजयी दिलाएका थिए ।
खेल अवधिको म्यान आफ द म्याच बिजेता टोलीका प्रदिप लामा हुनभयो । उहाँलाई नगद ७ हजार ५ सय सहित ट्रफी प्रदान गरिएको थियो ।
भोली हुने क्वाटर फाईनल खेल सलहेस फुटपल क्लव सिराहा र बिर्तामोड युनाईटेड फूटबल क्लब झापा बीच हुने आयोजक संस्थाका सचिव जीवन कटुवालले जानकारी दिनुभयो ।
जेठ ४ गते सम्म स्थानीय पूण्य मा.बि.को खेल मैदानमा हुने प्रतियोगितामा ८ वटा फुटबल टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सहलेस फुटबल क्लब सिरहा, चर्च ब्वाइज यूनाइटेड, बागमती यूथक्लव सर्लाही, गोल्डेन स्टार सुनसरी, एलएक्स सीटी मोरङ, बिर्तामोड यूनाइटेड,डाडाबजार फूटबल क्लब र आयोजक टोलिले प्रतिस्पर्धा गर्नेछन् ।

गत बर्ष ११ औं संस्करणमा प्रथम पुरस्कार ५ लाख र दोस्रो २ लाख ५० हजार राखेको राराले यो पटक भने प्रथमका लागि ७ लाख र दास्रोको लागि ३ लाख पु¥याएको छ ।
चौबिसे गाउँपालिकाको संरक्षणमा भईरहेको यो प्रतियोगिता अब जिल्लाकै ठूलो धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता बनेको छ । (प्रशिक्षार्थी पत्रकार)


