रारा गोल्डकप : सुनसरीलाई हराउँदै झापा फाईनलमा प्रवेश
देव याखा/जेठ २,(चौबिसे) धनकुटा । धनकुटाको राजारानीमा जारी १२ औँ संस्करणको रारा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा बिर्तामोड युनाइटेड फुटबल क्लव झापा प्रवेश गरेको छ ।
आज भएको पहिलो सेमि फाइनल खेलमा बिर्तामोडले गोल्डेन स्टार फुटबल क्लव सुनसरीलाई ४–१ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
बिर्तामोडका लागी मौसम सुब्बाले खेलको ८ मिनेट, ३६ मिनेट र ७९ औ मिनेटमा आफ्नो टिमको लागी गोल गर्नु भयो ।
त्यस्तै ९२ औ मिनेटमा आयन राईले थप गोल गर्दै आफ्नो टोलीलाई ४–१ गोल अन्तरले विजयी गराउनु भएको थियो ।
यता गोल्डेन स्टारको लागि एक मात्र गोल सबिन घिमिरेले खेलको ८९ औ मिनेटमा गर्नु भयो । आजको खेलमा मौसम सुब्बा म्यान अफ द म्याच घोषित हुनुभयो ।
उहाँले ७ हजार पाँच सय रुपैयाँ हात पार्नु भयो । शनिवार हुने दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाइज क्लब काठमाण्डौले र एल एक्स सिटी मोरङको सामना गर्ने आयोजक संस्थाका सचिव जीवन कटुवालले जानकारी दिनुभयो ।
आगामी जेठ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्ने छ ।
चौबिसे गाउँपालिकाको संरक्षणमा भईरहेको यो प्रतियोगिता जिल्लाकै सबैभन्दा ठूलो धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता हो । (प्रशिक्षार्थी पत्रकार)





