रारा गोल्डकप : ब्वाईजलाई हराउँदै एल एक्स सिटी फाइनलमा

देव याखा/जेठ ४,(चौबिसे)धनकुटा । चर्च ब्वाइज क्लब काठमाडौँलाई सडेन डेथमा हराउँदै एल एक्स सिटी मोरङ १२ औँ रारा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

हिजो भएको दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइजलाई सडेन डेथमा १–० गोल अन्तरले हराउँदै मोरङ फाईनलमा प्रवेश गरेको हो ।


निर्धारित समय तथा पेनाल्टी सुटमा समेत बराबरी गोल भएपछि खेल सडेन डेथ तर्फ धकेलिएको थियो ।

पहिलो हाफको नवौँ मिनेटमा एल एक्स सिटीका प्रदीप लामाले पहिलो गोल गर्दै १–० को अग्रता दिलाएका थिए ।

पहिलो हाफको नतिजा उल्टाउँदै दोस्रो हाफमा चर्च ब्वाइज समीर तामाङले ५३ र ७७ औ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई २–१ को अग्रता दिलाए ।

लगभग हारको अवस्थामा पुगेको एल एक्स सिटी ६ मिनेट थप गरिएको अतिरिक्त समयको पाँचौँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै जर्सी नम्बर ४ का खेलाडी छिरिङ गुरुङले गोल गर्दै खेललाई २–२ गोलको बराबरी बनाउनुभयो ।

पेनाल्टी सुट आउटमा समेत दुवै टिम वाट ४–४ गोल हुँदा दुवै तर्फका गोल किप्परले एक एक प्रहार विफल बनाएका थिए ।

त्यस पछि खेल सडेन डेथमा धकेलियो । पहिले प्रहार गर्न आएका चर्च ब्वाइज क्लबका समीर तामाङले गरेको प्रहार पोस्ट बाहिरिन पुग्यो ।

तर एल एक्स सिटीको खेलाडी छिरिङ गुरुङले गोल गर्दै आफ्नो टिमलाई जित दिलाउनुभयो ।
प्रतियोगिताको उपाधिका लागी आइतबार एल एक्स सिटी मोरङले बिर्तामोड युनाइटेड क्लब झापा बीच खेल हुनेछ ।

विजेताले नगद ७ लाख र उपविजेताले ३ लाख रुपैयाँ सहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्ने आयोजक समितिका सचिव जीवन कटुवालले जानकारी दिनुभयो । (प्रशिक्षार्थी पत्रकार)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।