रारा गोल्डकप : बर्षाका कारण फाईनल खेल स्थगित

देव याखा/जेठ ४ ,(चौबिसे)धनकुटा । धनकुटाको राजारानीमा जारी १२ औं रारा गोल्डकप फुटबल प्रतियोगिताको फाईनल खेल स्थगित भएको छ ।

निर्धारित समय अनुसार आज दिनको २ बजे खेल हुने भनिएपनि भारी बर्षाका कारण खेल स्थगन गरिएको आयोजक संस्था राजारानी फुटबल क्लव राजारानीका सचिव जीवन कटुवालले जानकारी दिनुभयो ।

भोली सोहि समयमा फाईनल खेल राजारानीको पुण्य उच्च मा.बि.को खेल मैदानमा हुने कटुवालले जानकारी दिनुभयो । फाईनलका एल एक्स सिटी मोरङ र बिर्तामोड युनाईटेड क्लव झापा बीच हुंदैछ ।

धनकुटाको चौबिसे गाउँपालिका स्थित राजारानीमा जारी प्रतियोगितामा ८ वटा फुटबल टोलीको सहभागिता रहेको छ । बिजेता टोलीले नगद ७ लाख र उपबिजेताले नगद ३ लाख,रनिङ शिल्ड,प्रमाणपत्र र मेडल पाउनेछन् ।

चौबिसे गाउँपालिकाको संरक्षणमा भईरहेको यो प्रतियोगिता जिल्लाकै सबैभन्दा ठूलो धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।