धनकुटाको साँगुरीगढीमा तेस्रो वडा स्तरीय महिला तथा पुरुष भलिबल रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१, मुलघाटस्थित चनौटे खेलमैदानमा आयोजित तेस्रो वडा स्तरीय महिला तथा पुरुष भलिबल रनिङ शिल्ड प्रतियोगिता 2082 साल जेष्ठ ११ गतेदेखि १३ गतेसम्म भव्य रूपमा सम्पन्न भएको छ।
गाउँपालिकाका विभिन्न वडाबाट सहभागी टोलिहरूबीच तीव्र प्रतिस्पर्धा भएको प्रतियोगितामा पुरुष तथा महिला दुवै तर्फका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए।
प्रतियोगिताको नतिजाअनुसार पुरुष तर्फ प्रथम हुने टोलीले नगद रु ४५,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो हुने टोलीले नगद रु २५,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन्।
त्यसैगरी, महिला तर्फको प्रतिस्पर्धामा प्रथम हुने टोलीले नगद रु २०,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो हुने टोलीले नगद रु १०,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
स्थानीय खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक साँगुरीगढी गाउँपालिकाले सबै सहभागी टोलिहरू, खेलाडी, निर्णायक मण्डल तथा स्थानीयवासीहरूलाई धन्यवाद प्रकट गरेको छ।
यस प्रतियोगिताले गाउँमा खेलकुदप्रति युवाहरूको आकर्षण अझ बढाएको र आगामी दिनहरूमा अझ स्तरीय प्रतियोगिता सञ्चालन गरिने प्रतिबद्धता आयोजक समितिले जनाएको छ।








