धनकुटाको सहिदभूमिमा तेस्रो वडास्तरीय अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा तेस्रो वडास्तरीय अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता जेठ १९ गते देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ ।
सहिदभूमि गाउँपालिकाकाे आयोजनामा सहिदभूमि गाउँपालिका वडा नं ४ पिप्ले स्थित रहेको खेलमैदानमा जेष्ठ १९ देखि २१ गतेसम्म सञ्चालन हुने भएको गाउँपालिका अध्यक्ष मनाेज राईको सचिवालयले जनाएको छ। गाउँपालिकाको प्रत्येक वडाबाट बढीमा महिला र पुरुषको दुई-दुई टिम र सहिदभूमि गाउँपालिकाभित्र रहेका आधारभूत र माध्यमिक तहमा अध्ययनरत छात्र-छात्राहरूबाट एक-एक टिमकाे सहभागीता रहनेछ ।
सम्बन्धित वडाको तथा विद्यालयको प्रमाण खुल्ने प्रमाणपत्रको प्रतिलिपि वा सिफारिस अनिवार्य सहभागी खेलाडी तथा समुहको हुनुपर्ने आयाेजकले जनाएको छ। प्रतियोगिताकाे महिला तथा पुरुषको प्रथम पुरस्कार रु.५५ हजार (कप मेडल र प्रमाणपत्र) यस्तै गरि महिला तथा पुरुष द्वितीय पुरस्कार रु ३५ हजार कप मेडल र प्रमाणपत्र ,
महिला तथा पुरुष तृतीय पुरस्कार रु २० हजार कप मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ।
खेलको विधागततर्फ विभिन्न पुरस्कारकाे व्यवस्था गरिएको छ ।


