सहिदभूमिमा जारी तेस्रो वडा स्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न
धनकुटा । धनकुटाको सहिदभूमि गाउपालिकमा जारी तेस्रो वडास्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
तेस्राे महिला तथा पुरुष भलिबल प्रतियोगिताकाे दुबै उपाधि वडा नं २ ले जितेको छ । प्रतियोगिताकाे शुक्रबार भएको फाईनल खेलमा पुरुतर्फ वेस्टअफ फाइभमा वडा नं १ र २ बिच भएको खेलमा ३-२काे सेटमा वडा नं १ लाई हराउँदै वडा नं २ ले उपाधि हात पर्न सफल भएको हाे ।
यस्तै महिला तर्फ वेस्टअफ फाइभमा वडा नं २ र अनिवार्य निशुल्क मावि सहिदभूमि बिच भएको खेलमा ३-२ काे सेटमा हराउँदै वडा नं २ विजयी भएको हाे । उनिहरु दुबै समुहले प्रथम पुरस्कार नगद रु ५५/५५ हजार कप ,मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै द्वितीय महिला तर्फ अनिवार्य निशुल्क मावि र पुरुष तर्फ वडा नं १ (ख)ले नगद रु ३५/३५ हजार ,कप मेडल प्रमाणपत्र पुरस्कार पाएकाछन् । यस्तै प्रतियोगिताकाे तृतीय खेल वेस्टअफ थ्री मा पुरुष तर्फ वडा नं ६ (ख) र वडा नं ५ बिच भएको खेलमा २-० काे सेटले हराउदै वडा नं ६ (ख) ले नगद रु २० हजार कप,मेडल,प्रमाणपत्र पुरस्कार पाए भने यस्तै महिला तर्फ वडा नं १ र ५ बिच भएको खेलमा २-१ काे सेटमा वडा नं ५ लाई हराउँदै वडा नं १ ले नगद रु २० हजार कप,मेडल ,प्रमाणपत्र पुरस्कार पाउन सफल भएको सहिदभूमि गाउँपालिका अध्यक्ष मनाेज राईको सचिवालयले जनाएको छ ।
प्रतियोगिताकाे महिला तर्फ वेस्ट ईस्पाइकर नेहा चाैधरी ,पुरुष तर्फ राजकुमार तामाङ , वेस्ट लिविराे याेगेश राई , पुरुष वेस्ट सरभर मनिस गाैत्तम , महिला वेस्ट सेटर कबिता राई , पुरुष दिपेश राई , वेस्ट प्लेएर महिला आरुसि तामाङ , पुरुष राजकुमार तामाङ , राईजिङ प्लेएर वडा नं ५ का रिया राई घाेषित भएकाछन् । उनिहरुले नगद १/१ हजार सहित कप ,मेडल प्रमाणपत्र पुरस्कार पाएकाछन् । खेल समापन सहिदभूमि गाउँपालिका अध्यक्ष मनाेज राईको अध्यक्षतामा सम्पन्न भएको थियोे ।
खेलका पुरस्कार सहिदभूमि गाउँ पालिका अध्यक्ष मनाेज राई , प्रमुख प्रशासकीय अधिकृत सुर्य बहादुर भण्डारी , वडा अध्यक्ष , कार्यपालिका सदस्य , विभिन्न शाखा प्रमुख कर्मचारीहरुले प्रदान गर्नु भएको थियोे । कार्यक्रममा सहिदभूमि गाउँपालिकाकाे विभिन्न सामाजिक संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि , समाजसेवी वुद्विजिव , शिक्षक खेलप्रेमि महानुभवकाे उपस्थिति थियोे ।








