सांगुरीगढीमा सम्पन्न पहिलो बुढीमोरङ कप २०८२ को उपाधि सृजनशील युवा क्लवलाई
हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङमा आयोजित प्रथम बुढीमोरङ कप २०८२ को उपाधि सृजनशील युवा क्लब ले हात पारेको छ। फाइनल खेलमा फाक्सिव फुटबल क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै सृजनशीलले उपाधि जितेको हो।

उपाधिसँगै सृजनशील युवा क्लवले नगद रु. ६०,०००, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता फाक्सिव फुटबल क्लवले नगद रु. ४०,०००, ट्रफी र मेडलमा चित्त बुझाउनु परेको छ।
फाइनल खेलको म्यान अफ द म्याच सृजनशील युवा क्लवका जर्सी नं. ३० विवेक राई घोषित भएका छन् भने बेस्ट गोलकिपर सृजनशीलका जर्सी नं. १६ सबिन नेपाल, सर्वाधिक गोलकर्ता किरात युवा क्लवका जर्सी नं. १० रबिन लिम्बु र प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी सृजनशीलका विशाल भण्डारी घोषित भएका छन्।
बुढीमोरङमा सम्पन्न यो प्रतियोगिताले स्थानीय फुटबल प्रतिभालाई उजागर गर्ने र युवाहरूमाझ खेलकुदप्रतिको रुचि बढाउने उद्देश्य राखेको आयोजकले जनाएका छन्।


