साफ यू–२० महिला च्याम्पिनसिपमा भुटानविरुद्ध नेपालको फराकिलो जित,नेपाल अंक तालिकाको शीर्ष स्थानमा
काठमाडौ । साफ यू–२० महिला च्याम्पिनसिपमा भुटानविरुद्ध नेपालले फराकिलो जित दर्ता गराएको छ ।
भुटानमाथि ८–० गोलको वर्षा गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
नेपालको यो चौथो जित हो। ५ खेलमा नेपालले १२ अंक बनाएको छ। उपाधिको लागि अब बंगलादेश विरूद्धको खेल निर्णायक हुनेछ ।
बंगलादेशमा भएको खेलमा पूर्णिमा र मिनाले ह्याट्रिकको सफलता प्राप्त गरे। समिक्षा मगर र कुसुम खतिवडाले एक–एक गोल गरे।
यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको थियो ।


