महिला वरियतामा १३ स्थान उक्लियो नेपाल, अब सर्वोत्कृष्ट ८७औं स्थानमा

काठमाडौं । नेपाली महिला राष्ट्रिय टोली फिफा विश्व वरियतामा १३ स्थानको फड्को मार्दै ८७औं स्थानमा उक्लिएको छ ।

 

नेपाली महिला फुटबलको इतिहासमा यो अहिलेसम्मकै सर्वोत्कृष्ट वरियता हो । सन् २००३ बाट सुरु भएको महिला वरियताको इतिहामा यसअघि २०१७ डिसेम्बर १५ मा प्रकाशित विश्व वरियता सूचिमा ९१औं स्थान हासिल गर्नु नेपालको सबभन्दा उच्च वरियता थियो ।

 

स्पेनले शीर्ष स्थानमा अमेरिकालाई स्थानान्तरण गर्दा अमेरिका दोस्रो स्थानमा झरेको छ । अमेरिका यसअघि शीर्ष स्थानमा थियो  भने स्पेन दोस्रो स्थानमा थियो । यसैगरी स्वीडेन छैटौंबाट तेस्रो स्थानमा उक्लिँदा पाँचौं स्थानबाट इङ्ल्यान्ड चौथो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा रहेको जर्मनी पाँचौं स्थानमा झरेको छ । त्यस्तै चार स्थानको फड्को मार्दै फ्रान्स छैटौं स्थानमा उक्लिँदा तीन स्थान तल झरेको ब्राजिल सातौं तथा जापान क्यानाडा र दक्षिण कोरिया क्रमषः आठौं, नवौं र १०औं स्थानमा छन् । जापान, क्यानाडा र कोरिया अघिल्लो वरियताको तुलनामा यसपाली एक स्थान तल झरेका थिए ।

 

एसियाली देशको बीचमा भने नेपालको स्थान १६औं छ । एसियाली देशमध्ये सबभन्दा माथि रहेको जापान विश्व वरियताको आठौं स्थानमा छ ।

 

दक्षिण एसियाली देशमध्ये भारत सबभन्दा माथि छ भने नेपाल दोस्रो स्थानमा छ । भारतको विश्व वरियता ६७ छ भने एसियाली देशबीच भारतको स्थान १२औं छ ।

 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार जारी गरेको नयाँ विश्व वरियतामा सबभन्दा धेरै सुधार गर्ने क्रममा २४ स्थानको फड्को मारेको बंगलादेश १०४औं स्थानमा पुगेको छ । एसियाली देशबीच १९औं स्थानमा उक्लिएको बंगलादेश दक्षिण एसियाली प्रतिद्वन्द्वीहरुमध्ये तेस्रो स्थानमा छ ।

 

यसैगरी दक्षिण एसियाका पाकिस्तान तीन स्थानको सुधार गर्दै १५४, दुई स्थान तल झरेको श्रीलंका १६१ आठ स्थानको सुधार गरेको भुटान १६३ तथा दुई स्थान तल झरेको माल्दिभ्स १६५औं स्थानमा छन् ।

 

एसियाली देशबीच पाकिस्तानको वरियता ३१औं छ भने श्रीलंका ३५, भुटान ३६ तथा माल्दिभ्स ३८औं स्थानमा छन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।