मनमोहनमा विएससी नर्सिंगको पाठयक्रम तयार,धनकुटा अस्पताल हस्तान्तरण भएसँगै पढाई सुरु हुने

विराटनगर , २५ साउन । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयले विएससी नसिंङग विषयको पाठक्रम तयार गरेको छ ।

धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालमा सञ्चालन गराउन प्रदेश सरकारले हस्तान्तरण पृकृया सुरुगरेसँगै मनमोहन प्राविधिक विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखी नै कक्षा सञ्चालन गराउनका लागि विएससी नसिंङग कक्षाको पाठयक्रम तयार गरेको हो ।

देशका दक्ष नसिंङ कार्यक्रम विज्ञ र चिकित्सकहरुको समुहले महिनौ लगाएर समेस्टर प्रणालीमा आधारित ४ बर्षे नसिङग बिषयको पाठयक्रम तयार भएको मनमोहनका उपकुलपति डा सुवासश्रीले जानकारी दिए । उनका अनुसार मनमोहनले चार बर्षे नर्सिङ कोर्षलाई ८ वटा सेमिस्टर प्रणालीमा पठनपाठन गराउनेछ । निर्माण भएको कोर्षमा विएस्सी नसिंङग पढने विद्यार्थीहरुले ४० प्रतिशत सैद्धान्तिक र ६० प्रतिशत प्रयोगात्मक कक्षा उत्तीर्ण गर्नुपर्नेछ ।

निर्माण भएको विएससी नर्सिङ कोर्ष बजारको मागलाई गहन अनुसन्धान गरेर निर्माण गराइएको भिसी पोखरेलको भनाई छ । उनले भने , थ्यौरी थोरै र प्राक्टिलक धेरै कार्यक्रमहरु शमावेश गरेर निर्माण भएको पाठयक्रम फरक र नयाँपनको छ यसैले हामी दक्ष महिला पुरुष नर्सहरु उत्पादन गर्न सक्षम हुनेछौ ।

अनुभवी र भुक्त्तभोगी विज्ञहरुले महिनौ लगाएर निर्माण गरेको विएससी नसिंङग विषयको पाठयक्रम समयसुहाउँदो रहेको कोशी प्रदेश स्वास्थ्य सचिव डा राधिका थपलियाले बताईन । उनका अनुसार मनमोहनले निर्माण गरेको नयाँ नसिंङग कोर्षमा विरामीको हेरचाह मात्र नभएर एउटा सफल नर्सका लागि अनुशासित लिडरशीपको पनि उत्तीकै आवश्यक पर्छ भन्नेकुरामा ध्यान दिएकोले दक्ष जनशक्त्ति उत्पादन गर्नेमा म विश्वस्त छु ।

रजिष्टार डा दिलनाथ फुयलका अनुसार मनमोहनले निर्माण गरेको नयाँ विएससी नर्सिङग कोर्ष अनुसार नर्स सेवा पढन चाहने पुरुषहरुलाई पनि १५ प्रतिशत आरक्षणको व्यवस्था रहनेछ ।

विएससी नर्सिङग कोष निर्माण गर्दा अनुभवी विज्ञहरुले राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय मुल्यमान्यता र विश्वविद्यालयहरुमा पढाई भैरहेको पाठयक्रमलाई गहन अनुसन्धान गरेर फरक ढंगले स्वदेश र विदेशमा भैरहेको माग सुहाउँदो ढंगले पाठयक्रम निर्माण भएको कोशी प्रदेश समाजिक विकास मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख दामोदर फुयलले बताए ।
निर्माण भएको स्नातक तहको नर्स पाठयक्रमले ज्ञानशीपले दक्ष र सधै उत्प्रेरित भैरहने अनुशासासित नर्स उत्पादन गर्र्नेछ भन्नेमा म चाँही ढुक्क छु ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नर्सिङ सेवा विज्ञ डा रामशरण मेहताले मनमोहनले निर्माण गरेको विएससी पाठयक्रम जेनियाटिक नर्सिङग , होम नर्सिङग , मेन्टलहेल्थ नर्सिङग लगायत सबै क्षेत्रको अभावलाई पुरा गर्ने बताए । डा मेहताले भने , नर्सिङग पाठयक्रम उत्कृष्ट बनेको छ तर यसलाई सही ढंगले पढाएर व्यवहारमा सफल बनाउने चुनौती मनमोहनकै हातमा छ ।

नर्सिङ क्याम्पस विराटनगरकी प्रमुख मेनुका भण्डारीले मनमोहनले निर्माण गराएको विएससी नसिंङग पाठयक्रम जागिर खानेहरुका लागि मात्र नभएर आफै कमाएर खानेसक्नेहरुका लागि झनै उपयोगी पाइएको बताइन ।
भिसी सुवासश्री पोखरेलका अनुसार कोशी सरकारले धनकुटा अस्पतालाई मनमोहनको शिक्षण अस्पताल बनाउने निर्णय गरेर हस्तान्तरण प्रकृया पनि सुरु गराइसकेको छ ।

एकदुई दिनभित्रै हस्तान्तरण प्रकृया पुरा भएपछि मनमोहनले तुरुन्तै विएससी नर्सिङ कार्यक्रम सञ्चालन गराउनेछ ।

कोशी प्रदेश सरकारले २०७६ मा स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले हालसम्म ईन्जिनिरिङतर्फ सिभिल , ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्सतर्फ स्नातक , फार्मेसी अनि स्नातोकोत्तरतर्फ अस्पताल व्यवस्थापन विषयको पढाई गर्दै आएको छ । यसैगरि देशमै पहिलो पल्ट कानुनतर्फ स्नातक तहमा विविए एलएलबी पाँचबर्षे कोर्ष र अपराध शास्त्रमा एलएलमको पनि पठनपाठन गराउदै आएको छ । आगामी दश बर्ष भित्र विभिन्न विषयमा पिएचडी सहित स्नातक र स्नातोकोत्तर बिषयमा पढाई सुरु गराउने लक्ष्य मनमोहनको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।