मन्त्री घिसिङ धरान आउँदै

सुनसरी । उज्यालोको पिता भनेर चिनिने ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ मंसिर १४ गते धरान आउन लागेका छन् ।

हाल अन्तरिम सरकारले नियुक्त गरेको घिसिङ नेतृत्वको उज्यालो नेपाल राजनीतिक दल दर्ता भइसकेपछि उहाँको भेटघाटलाई विशेष महत्वका साथ हेरिएको छ ।

घिसिङ धरान आगमनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्ने उद्देश्यले धरानवासीलाई अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ । कार्यक्रममा धरानको विकास, सेवा–सुविधा, पूर्वाधार तथा अन्य समस्या सम्बोधनका विषयमा प्रत्यक्ष सुझाव र माग राख्न सकिने उज्यालो पार्टी नेपालका नेता जेन्टल लाओतीले जनाए ।

धरान १५ स्थित ङ्युङ्ले ल्हाघाङ गुम्बाको १० करोड मन्त्र जप र १२ सय वर्ष पुरानो गुरु रिम्पोछेको ८ लिला प्रदर्शनको उद्घाटनमा आउने भएपछि धरानको समस्या समाधान गर्नको लागि भन्दै लांघाली सामुदायिक भवनमा पनि अन्तक्रिया कार्यक्रम राखिएको जानकारी दिएको छ ।

गुम्बाको कार्यक्रम सकिएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, ढुंगे पार्क,धरान १५ को हाईटेन्सन,खानेपानीको विषय चार लेनको बाटो लगायतका समस्या तत्काल समाधान गर्नुपर्ने रहेको हुँदा उक्त समस्या लगायत प्रत्यक्ष समाधान गराउन पनि धराने नगरवासीलाई आह्वान गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।