भेडेटारमा ट्रक दुर्घटना,चालक घाइते
धनकुटा,२३ मंसिर । धनकुटामा ट्रक दुर्घटना हुंदा एक जना घाइते भएका छन् ।
जिल्लाको सांगुरीगढी गाउंपालिका ६ मालबसे स्थित कोशी लोकमार्गमा बिराटनगरबाट संखुवासभाको शितलपाटी तर्फ जांदै गरेको अरुण तेस्रो जलबिद्युत आयोजनाको निर्माण सामाग्री बोकेको को१ख७४४८नम्बरको ट्रक आज बिहान अनियन्त्रित भई बाटोबाट अन्दाजी १५० मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा ट्रक चालक धनकुटाको साँगुरीगढी गापा १ बस्ने २७ बर्षिया आशिष लिम्बु घाईते भई उपचारको लागि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाईएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।
ट्रक माथिल्लो घुम्तीबाट तल्लो घुम्तीमा खस्दा बाटो एक तर्फी अवरुद्ध भएको र बाटो खुलाउने पहल भई रहेको प्रहरीले जनाएको छ ।


