सुनसरी र उदयपुरबाट लागू औषध सहित ७ जना पक्राउ

विराटनगर, पुस ०५ गते । सुनसरी र उदयपुरका बिभिन्न स्थानहरुबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुस ४ गते सुनसरीको धरान-१६ स्थितमा लागू औषध बिक्रिबितरण भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागू औषधी ट्रामाडोल ६ हजार ३०० ट्याब्लेट र स्पास्पेन ३ हजार ५१८ क्यासुल सहित बेचबिखानमा संलग्न सोहि स्थानका सबिन राई, सौरव राई, सुजन राई, धरान-११ का अस्बिन लिम्बु र धरान- १७ का संजय खड्कालाई नियन्त्रणमा लिएको हो ।

त्यस्तै इटहरी- ५ बाट अस्थायी प्रहरी चौकी जनताबस्तीले इटहरी-१६ का धिरेन्द्र कुमार चौधरीलाई ५४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरले त्रियुगा नगरपालिका-७ का रेमन मग्रातीलाई १०० मिलिग्राम ब्राउन सुगर सहित बेलका- ९ बाट पक्राउ गरेको छ भने बेलका नगरपालिका- ८ डुम्रिबोटे स्थित सप्तकोशी नदिको किनारबाट २ वटा रबरको ट्युमा हरियो प्लाष्टिकमा पोका पारी लोड गरिएको अवस्थामा बेवारिसे लागू औषध गाँजा (६ बोरा) २ सय ५ किलो ६ सय ६५ ग्राम फेला पारी बरामद गरेको हो ।

बरामद भएको गाँजा र पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।