खोटाङमा मोटरसाइकल दुर्घटना,कृषि ज्ञान केन्द्रका कर्मचारीको मृत्यु

खोटाङ । मोटरसाइकल दुर्घटनामा कृषि ज्ञान केन्द्र खोटाङमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३० वर्षीय दिनेश आचार्यले चलाएको मोटरसाइकल दुर्घटनामा पर्दा पछाडि सवार सोही नगरपालिकाको वडा नं.–१ दिक्तेल निवासी ५५ वर्षीय पदमबहादुर खड्काको मृत्यु भएको हो।

शुक्रबार बेलुकी दोर्पाबाट दिक्तेलतर्फ आउँदै गरेको प्रदेश १–०५००१ प १७६४ नम्बरको मोटरसाइकल मध्यपहाडी लोकमार्गअन्तर्गत सोल्मा भन्ने स्थानमा सडकबाट करिब १५० मिटर तल खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई बेहोस अवस्थामा जिल्ला अस्पताल दिक्तेल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रशान्त मिश्रले जानकारी दिए।प्रहरीका अनुसार मोटरसाइकल चालक आचार्यले मादक पदार्थ सेवन गरेका थिए। उनी बेलुकी करिब ६ बजे आफैं प्रहरीसमक्ष उपस्थित भई दुर्घटनाबारे जानकारी गराएका थिए।

जानकारी पाएलगत्तै गरिएको खोजीका क्रममा मोटरसाइकल रूखमा अल्झिएको अवस्थामा र त्यसभन्दा तल खड्का बेहोस अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।खड्काको शव जिल्ला अस्पताल दिक्तेलको शवगृहमा राखिएको छ भने आचार्यलाई मेडिकल परीक्षण गरी नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।