धनकुटामा बढी र गुणस्तरीय दूध उत्पादन गर्ने कृषकलाई सहकारीको सम्मान

धनकुटा । धनकुटाको चञ्चला देवी बहुउद्देश्यीय दुग्ध उत्पादन सहकारीले कृषकलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

संस्थाको ३१ औ वार्षिक साधारण सभाको अवसर पारेर एक वर्षमा संस्थाका सदस्य मध्येवाट सबै भन्दा बढी दूध उत्पादन गर्ने, राम्रो दूध उत्पादन गर्ने तथा ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरिएको हो । वर्षभरिमा सबै भन्दा बढी दूध उत्पादन गर्ने इन्द्र बुढाथोकी, चन्द्र बहादुर कार्की र प्रदीप तामाङलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

आर्थिक वर्ष २०८१-०८२ मा बुढाथोकीले ९ हजार ९ सय २६, कार्कीले ९ हजार ६० र तामाङले ८ हजार ८ सय ३१ लिटर दूध उत्पादन गर्नु भएको थियो । त्यस्तै कर्ण कुमारी पौडेल, खड्ग दर्लामी र सानु घिसिङलाई गुणस्तरीय दूध उत्पादन गरेबापत सम्मान र पुरस्कृत गरिएको संस्थाका व्यवस्थापक भीम मल्लले जानकारी दिनुभयो ।

नरमाया थापालाई ज्येष्ठ शेयर सदस्यको रूपमा सम्मान गरिएको छ । कृषकमा उत्साह ल्याउन सम्मान तथा पुरस्कृत गरिएको संस्थाका अध्यक्ष नगेन्द्र पाण्डेले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१ -०८२ मा संस्थाले कुल ३ करोड ३६ लाख ३३ हजार ७० रुपैयाँ बरावरको दूध बिक्री गरेको समेत जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖