इलाममा विद्यार्थी सवार बस दुर्घटना
इलाम । इलामको रोङ गाउँपालिका कार्यालय अगाडि आज एक यात्रुबाहक बस दुर्घ टनामा परेको छ।
सिराहा जिल्लाबाट इलामको कन्याम भ्रमणका लागि कक्षा १० का विद्यार्थी लिएर आएको बस फर्किने क्रममा दुर्घटना भएको हो।दुर्घ टनाका समयमा बसमा करिब ३५ जना सवार थिए।
प्राप्त प्रारम्भिक जानकारीअनुसार दुई जना विद्यार्थी सामान्यभन्दा अलि गम्भीर घाइते भएका छन् भने अन्य यात्रुहरूलाई सामान्य चोट पटक लागेको छ।
घाइतेहरूलाई उपचारका लागि बिर्तामोड ल्याइएको जानकारी छ ।


