विराटनगरको नोबेलमा पाँचौँ तलाबाट हामफालेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा पाँच तला माथिबाट लडेर एक जना इन्टर्न डाक्टरको मृ,त्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज (आइतबार) बिहान करिब ६ः३० बजे अस्पतालको मुख्य गेट नजिकको भवनको पाँचौँ तलाबाट हाम फाल्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोवेलकै इमर्जेन्सीमा ल्याइएको थियो।

टाउकोमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा बिहान ७ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनाको जानकारी अस्पतालमा खटिएका प्रहरी कर्मचारीमार्फत प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो। प्रारम्भिक चरणमा मृतकको पहिचान खुल्न नसके पनि गरिएको थप अनुसन्धानबाट मृतक सप्तरी जिल्ला राजविराज नगरपालिका–९ जगदरीका ३४ वर्षीय अमित यादव रहेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अमित यादव सोही नोबेल मेडिकल कलेजमा १०औँ ब्याच एमबिबिएस इन्टर्न डाक्टरका रूपमा अध्ययनरत थिए।

बाबु शम्भु प्रसाद यादवका अनुसार मृतक यादव मनोरोगसँग सम्बन्धित समस्याका कारण चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्दै आएका थिए।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।-स्रोत :बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।