मोरंगको लेटाङमा एक वृद्ध व्यक्ति फेला
मोरंग । मोरंगको लेटाङ नगरपालिका वडा नं. ६ गुवाबारीको फेदीमा एक वृद्ध व्यक्ति फेला परेका छन्।
इलाका प्रहरी कार्यालयका अनुसार उक्त व्यक्ति लाखबारीबाट मासतर्फ लडिरहेको अवस्थामा भेटिएका हुन्। अन्दाजी ८०–८५ वर्ष उमेरका ती वृद्धले शिरमा ढाकाटोपी र कालो रंगको ज्याकेट लगाएका छन्।
उक्त व्यक्तिलाई चिन्नुहुने वा आफन्तजनले इलाका प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।
सम्पर्क नम्बर –
021560099


