तेह्रथुमबाट एकल सिफारिस भए गगन थापा, प्रदेशले थपिदियो सीता गुरुङको नाम

तेह्रथुम । नेपाली कांग्रेसमा आगामी निर्वाचनका लागि जिल्ला-जिल्लाबाट उम्मेदवारका आकांक्षीहरूको नाम प्रदेश हुँदै केन्द्रमा सिफारिसको काम चलिरहेको छ ।

जिल्लाले नाम सिफारिस गर्दा सबैभन्दा धेरै महामन्त्री गगनकुमार थापाको नाम सिफारिस भएको छ । थापा विभिन्न जिल्लासँगै तेह्रथुमबाट एकल सिफारिस भएका थिए ।

तर, कोशी प्रदेश समितिले भने उनीसँगै सीता गुरुङको पनि नाम थपेर केन्द्रमा पठाएको छ । गुरुङ विघटित प्रतिनिधि सभामा कांग्रेसबाट प्रत्यक्ष निर्वाचन जित्ने एकमात्र महिला सदस्य थिइन् ।

कोशी प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीले सीता गुरुङको नाम थपेर पठाइएको जानकारी दिए ।

उनले महामन्त्री र उनीनिटकहरूले ‘स्टन्ट’ गरिरहेको आरोप पनि लगाए । ‘महामन्त्री र उनका मान्छेहरूले स्टन्ट गरे । यसरी सिफारिस नै गर्ने हो भने शेरबहादुर देउवाको नाम सबै जिल्लाबाट हुन्थ्यो होला नि,’ उनले अनलाइनखबरसँग भने, ‘शेखर कोइरालाको त्यस्तै हुन्थ्यो होला, पूर्णबहादुर खड्काको पनि कति जिल्लाबाट नाम आउँथ्यो होला । निर्वाचन र उम्मेदवार सिफारिसको विषयमा आफ्नो क्षेत्र जहाँ हो त्यहीँ आवश्यक राजनीति गरौँ । यसरी स्टन्ट गरेर पार्टीलाई राजनीतिक रुपमा फाइदा हुँदैन नि ।’

यसअघि सीता गुरुङको नाम जिल्लाबाट सिफारिस नहुनुमा पूर्वसांसद तुलसी सुब्बा समूह हाबी भएको त्यहाँस्थित केही नेता बताउँछन् ।

‘अघिल्लो चुनावमा तुलसी त सीतालाई हराउन भनेर लागेको मान्छे हो नि । अहिले उनले उम्मेदवार नै सिफारिस नहुने गरी जिल्लामा राजनीति गरेका हुन्,’ तेह्रथुम जिल्ला कार्यसमितिका एक पदाधिकारीले भने, ‘तुलसीलाई त अनुशासनको कारबाही पनि गरिएको छ । कारबाही फुकुवा पनि भएको छैन ।’

सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ थापाको मात्रै र समानुपातिकतर्फ भने तेह्रथुम कांग्रेसले कृष्णमान तुम्बाहाम्फे, डिल्लीराम नेपाल, विजय सम्बाहाम्फे, रुद्र कन्दङ्वा, बसन्ती सुब्बा गुरुङ, शारदा कोइराला र शनिषा भेटवालको नाम सिफारिस गरेको थियो । -रेडियो आठराई

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।