लेटाङमा सञ्चार कार्यविधि निर्माणको माग, पत्रकारद्वारा नगरपालिकालाई सुझावपत्र हस्तान्तरण

लेटाङ, ६ पुस । लेटाङ नगरपालिकामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सञ्चार कार्यविधि निर्माण गर्नुपर्ने माग गर्दै नगरपालिकासमक्ष सुझाव पेश गरेका छन्।

नगरपालिकाले आगामी हिउँदे नगरसभामा पेश गर्ने गरी विभिन्न पक्षसँग सुझाव माग गरेपछि नगरमा क्रियाशील पत्रकारहरूले लिखित सुझावसहित आफ्नो धारणा प्रस्तुत गरेका हुन्। पत्रकारहरूले सञ्चार कार्यविधि नबन्दा सूचना प्रवाह, विज्ञापन वितरण र सञ्चार समन्वयमा समस्या देखिएको भन्दै स्पष्ट कार्यविधि आवश्यक रहेको बताएका छन्।

उक्त अवसरमा पत्रकारहरूको टोलीले नगर प्रमुख भूपेन्द्रकुमार लावतीलाई सुझावपत्र हस्तान्तरण गरेका थिए। सुझाव ग्रहण गर्दै नगर प्रमुख लावतीले प्राप्त सुझावहरू अध्ययन समितिमार्फत गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक निर्णय लिइने जानकारी दिनुभयो।

यस्तै, प्रमुख प्रशासकीय अधिकृत शशि राईले सञ्चार कार्यविधि पत्रकारहरूसँगकै सरसल्लाह र सहकार्यमा निर्माण गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

नेपाल पत्रकार महासंघ मोरङका सहसचिव रेवतीरमण निरौलाले पारदर्शी, व्यवस्थित र पत्रकारमैत्री सञ्चार कार्यविधिले स्थानीय सञ्चार क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मोरङका केहि स्थानीय तहले यसअघि देखि नै कार्यविधि बनाएर अभ्यास गर्दै आएकामा अधिकांश स्थानीय तहमा कार्यविधि नबनेको जानकारी दिनुभयो ।-लेटांग खबरबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।