सहकारी ठगी प्रकरण : तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी धरौटीमा रिहा

काठमाडौ । सहकारी ठगी प्रकरणमा कारागारमा रहेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी धरौटीमा रिहा भएका छन्।

थुनाबाहिर बस्न पाउनुपर्ने मागसहित जोशीले दिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासले मिसिल पुनः जिल्ला अदालतमै पठाउने आदेश दिएको थियो।

उक्त आदेशपछि आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लिराम शर्मा अर्यालको एकल इजलासले छविलाल जोशीसँग धरौटी माग गर्दै थुनामुक्त गर्ने आदेश दिएको हो। अदालतको आदेशअनुसार आवश्यक धरौटी बुझाएपछि जोशी कारागारबाट रिहा भएका हुन्।

छविलाल जोशी बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा थिए। सोही प्रकरणमा उनीसहित विभिन्न व्यक्तिहरूविरुद्ध अनुसन्धान र मुद्दा दायर गरिएको थियो।

यसअघि यही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि थुनामा परेका थिए। तर उच्च अदालत बुटवलले यही पुस ३ गते उनलाई धरौटीमा थुनामुक्त गर्ने आदेश दिएको थियो।

अदालतका पछिल्ला आदेशहरूसँगै सहकारी ठगी प्रकरणले नयाँ मोड लिएको छ। अब जोशीमाथि लगाइएका आरोपहरूको अन्तिम टुंगो भने आगामी अदालती कारबाही र फैसलाबाट तय हुने देखिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।