मोरङबाट प्रतिबन्धित लागू औषध सहित तीन जना पक्राउ
मोरङ, पुस ०७ गते । मोरङ जिल्लाको बुढिगंगा-२ शिबम पेट्रोल पम्प स्थितबाट प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पुस ०६ गते CRV पोष्ट बाँसबारीको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-१५ का सुजन तामाङ , सुन्दरहरैँचा-४ का सागर कट्टेल र केराबारी-३ का सोनाम लिम्बुलाई प्रतिबन्धित लागू औषध ट्रामाडोल-४०० ट्याब्लेट र डाईक्लोमाइन ४ सय ५० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।


