झापामा घर अगाडिको फोहोर जलाउँदा आगलागी, एक महिला घाइते
झापा । झापाको भद्रपुर नगरपालिका–८ डागीवारीमा फोहोर जलाउने क्रममा आगलागी हुँदा एक महिला घाइते भएकी छन्।
हिजो साँझ करिब ७:३० बजे ३४ वर्षीया रुवी भण्डारीले आफ्नै घर अगाडि जम्मा गरिएको फोहोर जलाउने क्रममा अचानक अज्ञान वस्तु (बोतल हुन सक्ने) पड्किएपछि आगोले लुगामा समात्दा उनी जलेर घाइते भएकी हुन्।
आगलागीबाट भण्डारीको दुबै हात, खुट्टा तथा पेटमा जलेको चोट लागेको जनाइएको छ। घाइते भएपछि उनलाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभारा अस्पताल लगिएको छ।
अस्पताल स्रोतका अनुसार घाइतेको अवस्था मध्यम रहेको छ। घटनाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ।


