घरमा आगलागी हुंदा जलेर बुहारीको मृत्यु, ससुरा घाइते
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटमा स्थानीयको घरमा भएको आगलागीमा परी एक जना महिलाको मृत्यु भएको छ । उनका ससुरा घाइते भएका छन् ।
प्रहरीका अनुसार आइतबार अपराह्न धुराफाँट निवासी ६२ वर्षीय दुर्गामान बम्जनको घरको भान्सा कोठाभित्र अचानक आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आगलागीमा परी दुर्गामानकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको मृत्यु भएको हो ।
आगलागीमा ससुरा दुर्गामान घाइते भएका छन् । स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौ रिफर गरिएको जनाइएको छ ।


