बेलबारीको अनाथलयलाई लेटाङ ग्रीनभ्याल्लिको आर्थिक सहयोग

बेलबारी । ​सामाजिक उत्तरदायित्व र मानवीय सेवाभाव जगाउने उद्देश्यका साथ लेटाङको ग्रीन भ्याल्ली एकाडेमि विद्यालयका विद्यार्थीहरूले एक परोपकारी कार्य सम्पन्न गरेका छन्। विद्यालयको कक्षा १० मा अध्ययनरत प्रतिनिधि विद्यार्थी र शिक्षकहरूको टोलीले बेलबारीको बालगृहमा पुगी सहयोग हस्तान्तरण गरेका हुन्।

पुष ६ गते आइतबारका दिन आयोजित एक संक्षिप्त कार्यक्रमका बीच विद्यार्थीहरूले बालगृहका बालबालिकाहरूका लागि नगद १५ हजार रुपैयाँ सहित खाद्यान्न (दाल र चामल) सहयोग स्वरूप प्रदान गरेका छन। विद्यार्थीहरुले भ्रमणबाट उब्रेको रकमले सहयोग गरेको बताएका छन।

​बालगृह पुगेका विद्यार्थी र शिक्षकहरूलाई बालगृहका सञ्चालक निरु साम्पाङ राई तथा त्यहाँ आश्रित नानीहरूले न्यानो स्वागत गरेका थिए। सो अवसरमा विद्यार्थीहरूले बालगृहका बालबालिकाहरूसँग समय बिताउँदै उनीहरूको अवस्थाबारे जानकारी लिएका थिए।

सहयोग ग्रहण गर्दै सञ्चालक निरु साम्पाङ राईले विद्यालय परिवार र विद्यार्थीहरूले देखाएको यो उदारताप्रति आभार प्रकट गर्नुभयो। माया र सद्भाव साटासाट गरिएको उक्त भेटघाट निकै सुखमय र भावनात्मक रहेको सहभागीहरूले बताएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।