माइतबाट घर फर्किने क्रममा महिला बेपत्ता

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ रुवाखोला मतकट्टे घर भएकी एक महिला बेपत्ता भएकी छन्। डोटीको जोरायल गाउँपालिका-३ सुनिखोला, माइतीघरबाट डडेल्धुरा फर्कने क्रममा २५ वर्षीया हरिना बुढा महता बेपत्ता भएकी हुन्।

मंसिर २६ गते डोटी माईत गएकी हरिना २९ गते घर फर्किने क्रममा डोटीको बुडरबाट बेपत्ता भएकी उनका श्रीमान हर्कबहादुर महाताले बताए।
घरमा ६ वर्षे छोरा छोडेर माइत गएकी श्रीमती अहिलेसम्म बेपत्ता भएकी महताले बताए।

‘मंसिर २६ गते माइत गएकी थिइन् र २९ गते माइतबाट घर जान्छु भनि डोटीको बुडर बजारबाट फरार भइन्,’ उनले भने, ‘नगद पैसा, सुन र चाँदीसमेत लगेर गएकी छ। खोज्दा खोज्दा अहिलेसम्म कुनै खबर थाहा हुन सकेको छैन।’ परिवारमा सम्बन्ध एकदम राम्रो भए पनि श्रीमती किन र कसरी बेपत्ता भइन भन्ने कुराले किचल्ली भएको महताले बताए।

महताले आफ्नो श्रीमतीलाई देखेमा नजिकको प्रहरी चौकी तथा मोबाइल नम्बर ९७६६०७५१६७ सम्पर्क गर्न आग्रह गरेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।