झापाको अर्जुनधारामा भिरबाट लडेर एक वृद्धको मृत्यु
झापा । झापा जिल्लाको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा एक वृद्ध पुरुषको भिरबाट लडेर मृत्यु भएको छ।
२०८२ साल पुस ६ गते साँझ करिब ७ बजे अर्जुनधारा–२ लाप्चेटार निवासी अन्दाजी ६५ वर्षीय यम बहादुर लाय मगर आफ्नै पुरानो घर जाने भन्दै घरबाट निस्किएका थिए। उनी लामो समयसम्म घर नफर्किएपछि परिवार तथा स्थानीयवासीले खोजतलास सुरु गरेका थिए।
खोजतलासका क्रममा आज पुस ७ गते सोही स्थानको शान्ति सामुदायिक वनभित्र पर्ने अन्दाजी ६०–७० फिट अग्लो भिरबाट लडेको अवस्थामा उनको शव फेला परेको हो। घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा खटिएको छ।
प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।


