हराइरहेका युवकको सकुशल उद्धार
सिन्धुपाल्चोक । कार्त्तिक ८ गतेदेखि सम्पर्कविहीन रहेका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२, नोर्कु निवासी एक पुरुषलाई पुस ६ गते नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको टोलीले सकुशल उद्धार गरेको छ।
गाउँ नजिकैको पहराको ओडारमा बिरामी अवस्थामा फेला परेका उनलाई तत्काल उद्धार गरी उपचारपछि परिवारको जिम्मा लगाइएको हो।


