ऋणको कारण केशवराज हायुको हत्या
काठमाडौ । गोलन्जोर गाउँपालिका–३ निवासी केशवराज हायु २०८२/०८/२४ देखि काठमाडौंबाट बेपत्ता भएका थिए । केशवराज हराएको एक हप्ता पछि उनको शव फेला परेको छ।
देवराज ढुंगेलले आफ्नी बहिनीलाई जापान पठाउन लिएको ११ लाख रुपैयाँ ऋण तिर्नु नपर्ने उद्देश्यले हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनले थप ऋण लिएको भोजपुर घर भएका २१ वर्षीय पारुहाङ राईको पनि हत्या गरेको स्वीकारेका छन्।
उनीहरू दुबै मिलेर ललितपुरको महालक्ष्मी नगरपालिका–८ शेरफाँटमा जग्गा भाडामा लिएर कृषि फार्म सञ्चालन गर्दै आएका थिए।


