विराटनगरमा मोटरसाइकल दुर्घटना,सुनसरीका एक जनाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–११ स्थित जनपथटोलको भित्री सडक खण्डमा आज (मंगलबार) बिहान दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।

बिहान करिब ७:३० बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र–१–०२–०५७ प २२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०४–००२ प ०९७६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा प्र–१–०२–०५७ प २२०३ नम्बरको मोटरसाइकल चालक सुनसरीको गढी गाउँपालिका–२ बस्ने २३ वर्षीय शेखर यादवको टाउको र मुखमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि गोल्डेन अस्पताल विराटनगर लगिएकोमा थप उपचारका लागि बिहान ९:१० बजे नोबेल अस्पताल पठाइएको थियो।

नोबेल अस्पतालमा चेकजाँचका क्रममा चिकित्सकले बिहान ९:२५ बजे उनलाई मृत घोषणा गरेका थिए।

त्यस्तै, प्र–१–०४–००२ प ०९७६ नम्बरको मोटरसाइकल चालक विराटनगर महानगरपालिका–११ बस्ने ३९ वर्षीय सुदन भट्टराई सामान्य घाइते भएका छन्। उनको दाहिने हातको औँला र खुट्टामा चोट लागेको छ। उनलाई थप उपचारका लागि मोरङ सहकारी अस्पताल विराटनगर पठाइएको छ।

घटनालगत्तै प्रहरी चौकी बखरीबाट प्रहरी नायब निरीक्षक प्रवीण भट्टराईको नेतृत्वमा खटिएको प्रहरी टोलीले दुवै मोटरसाइकल नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय विराटनगरमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।