मोरङ प्रशासन र मालपोतबाट २९ जना ‘बिचौलिया’ पक्राउ

विराटनगर । विराटनगरस्थित मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङबाट प्रहरीले बिचौलिया काम गरी सेवाग्राहीलाई हैरानी दिएको आरोपमा २९ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आज (मंगलबार) ती दुई कार्यालयबाट उनीहरुलाई पक्राउ गरेको हो । बिचौलियाको रुपमा सक्रिय भइ दुःख र हैरानी दिएको गुनासो आएपछि निगरानी गरी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरीमा लगेर अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रहरीले जिल्ला प्रशासनबाट ९ र मालपोत कार्यालयबाट २० जनालाई पक्राउ गरेको हो ।यसैबीच, लेखापढी व्यवसायीहरुले पक्राउको विरोध गरेका छन् । उनीहरुले मालपोत कार्यालयमा तालाबन्दी गर्दै पक्राउ परेकाहरुको रिहाइ माग गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।