मोरङको लेटाङ स्थित कालेबुदुली सडक निर्माण ढिलाई भएको भन्दै स्थानिय आक्रोशित

लेटाङ, ८ पुस। मोरङको लेटाङ नगरपालिकाब६ गुवावारीस्थित उकालो सहित कालेबुदुली सडक समयमै निर्माण सम्पन्न नहुँदा स्थानीयवासी आक्रोशित बनेका छन्। लामो समयदेखि अधुरो अवस्थामा रहेको सडकका कारण दैनिक जनजीवन प्रभावित भएपछि स्थानीयले काम तत्काल तीव्र नबढे सडक ठप्प पार्ने चेतावनी दिएका छन्।

करिब ४ वर्षअघि सुरु गरिएको सडक स्तरोन्नतिको काम अझै सम्पन्न हुन नसक्दा हिउँदमा धुलो र वर्षायाममा हिलोले समस्या बढेको स्थानीयको गुनासो छ। सवारी आवतजावत बढेसँगै सडक अत्यन्तै धुलाम्मे बनेको छ, जसका कारण बालबालिका, वृद्धवृद्धा र सर्वसाधारणमा स्वास्थ्य समस्या देखिन थालेको उनीहरू बताउँछन्।

स्थानीयका अनुसार निर्माण कम्पनीले आवश्यक जनशक्ति र उपकरण पर्याप्त परिचालन नगर्दा काम ढिलो भएको हो। विद्यालय जाने विद्यार्थी, बिरामी बोकेका एम्बुलेन्स तथा दैनिक यात्रुहरू , पर्यटक सबैलाई सडक प्रयोग गर्न अत्यन्तै कठिन भइरहेको छ।

पटकपटक सम्बन्धित निकाय र निर्माण कम्पनीलाई जानकारी गराउँदा पनि बेवास्ता गरिएको भन्दै स्थानीय असन्तुष्ट छन्। उनीहरूले समयमै काम सम्पन्न नभए बाध्य भएर सडक बन्द गर्ने चेतावनी दिएका छन्।

अब स्थानीयको चेतावनीपछि सम्बन्धित निकायले के कदम चाल्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।