झापाको दमकमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

झापा । झापा जिल्लाको दमक नगरपालिका–७ लालिगुराँस टोलस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

मंसिर ८ गते रातिको समयमा हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल दुर्घटनामा परेको हो। मोटरसाइकल सडकको पूर्वपट्टि पानी जमेको ढलको नालीभित्र पसेर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनामा मोटरसाइकल चालक झापा जिल्ला कमल गाउँपालिका–६ निवासी खङबहादुर राईका ३८ वर्षीय छोरा विनोद राई मृत अवस्थामा फेला परेका थिए।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। हाल घटनासम्बन्धी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖