प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी सोलुखुम्बुले गर्यो उम्मेदवार सिफारिस
सोलुखुम्बु । नेपाली कम्युनिष्ट पार्टी सोलुखुम्बुले फागुन २१ मा हुने संघीय संसद प्रतिनिधि सभाको निर्वाचनका लागि सर्वसम्मत उमेदवार सिफारिस गरेको छ ।
जिल्ला संयोजक नाम्गेल शेर्पाको संयोजकत्वमा बुधबार सल्लेरीमा बसेको बैठकले ५ जनाको नाम सर्वसहमतिका साथ निर्णय गरेको जिल्ला सदस्य भोजराज कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार हेम कुमार राई (शुरवीर),असिम राई,शिव बहादुर बस्नेत (राजेन्द्र),आङ दावा शेर्पा र अम्बिर काजी कुलुङको नाम सिफारिस गरेको छ ।
यस्तै, समानुपातिक तर्फ गोपाल किराँती, पासाङ शेर्पा (कर्मा), ङिमा तेण्डुप शेर्पा, दिल बहादुर नेपाली (घनश्याम),केशब खड्का (श्याम), करुणा बस्नेत, ङिमादिकी शेर्पा र अमृता कुलुङको नाम सिफारिस गरेको हाे भने राष्ट्रिय सभा सदस्यको लागि दिलबहादुर नेपाली (घनश्याम)को नाम सिफारिस गर्ने निर्णय गरेको छ ।


