झापाको बिर्तामोडमा खेल्ने क्रममा घरको रेलिङबाट लड्दा ६ वर्षीय बालकको मृत्यु
झापा, बिर्तामोड । खेल्ने क्रममा आफ्नै घरको रेलिङबाट लडेर गम्भीर घाइते भएका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला झापा बिर्तामोड नगरपालिका–४ आगमनटोल निवासी रामकुमार कार्कीका ६ वर्षीय छोरा रियान्स कार्की मिति पुस २ गते साँझ करिब ८:१५ बजेको समयमा आफ्नै तीनतले घरको माथिल्लो तलामा रहेको रेलिङमा खेलिरहेका थिए। सोही क्रममा अचानक सन्तुलन गुमाई भुईँमा खसेर उनी गम्भीर घाइते भएका थिए।
घाइते बालकलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। अस्पतालमा उपचार भइरहेको अवस्थामा पुस साल ९ गते साँझ करिब ७:१५ बजेको समयमा उनको मृ*त्यु भएको प्रहरीले जनाएको छ।
बालकको शव सोही अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।


