मोरङमा नेपाली कम्युनिस्ट पार्टीद्वारा उम्मेदवार सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को मोरङ क्षेत्र नम्बर ४ र ५ का क्षेत्रीय कमिटीले प्रतिनिधिसभा निर्वाचनका लागि एकएक जना उमेदवारको नाम सिफारिस गरेका छन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि यी दुवै क्षेत्रबाट एकल उमेदवारको नाम सिफारिस गरिएको हो ।

क्षेत्र नम्बर ४ बाट पूर्वमन्त्री अमनलाल मोदीको नाम एकल रूपमा सिफारिस गरिएको छ । मोदी २०७९ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनको नाम मोरङ क्षेत्र नम्बर ६ बाट पनि सिफारिस गरिएको छ ।

त्यस्तै, क्षेत्र नम्बर ५ बाट शिवकुमार मण्डलको एकल नाम सिफारिस भएको छ । मण्डल पनि २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट स्वतन्त्र सांसद योगेन्द्र मण्डलसँग पराजित भएका थिए ।

अन्य क्षेत्रका सिफारिस उमेदवार

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा अन्य क्षेत्रबाट पनि विभिन्न उमेदवारको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर ६ बाट प्रदेश सांसद तथा प्रदेशका पूर्वमन्त्री जीवन आचार्यसहित अमनलाल मोदी, वसिम आलम, ओपेन्द्र राय, विनोद प्रभात घिमिरे, हेम कार्की, सोनेलाल राजवंशी, मो। आलम प्रवेज, अंकिता आले र साइमन रेग्मीको नाम सिफारिस भएको छ । अंकिता आले जेनजी समूहकी हुन् ।

क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ कुलप्रसाद साम्बा, उपेन्द्र घिमिरे, रुपेश खतिवडा, कोसिस सुवेदी (जेनजी), कल्पना राई, वीरेन्द्र चेन्जोङ, नगेन्द्र धिमाल, राजेन्द्र दंगाल र दीपक काफ्लेको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर २ बाट प्रकाश पौडेल, चन्द्रवीर राई, राजेन्द्र मण्डल ९अविनाश०, पुरुषोत्तम सुवेदी, प्रेमनारायण थापा, जुवा सोरेन, सीतादेवी सरदार र निर्मल भण्डारी (जेनजी)सिफारिसमा परेका छन् ।

क्षेत्र नम्बर ३ बाट सावित्रीकुमार काफ्ले, देउमान सुब्बाहाङ्फे, चन्द्रबहादुर गुरुङ, लालबहादुर सुस्लिङ, सन्तोष लिम्बु ९जेनजी० र चन्द्रकला सुब्बाको नाम सिफारिस गरिएको छ ।-आमसंचार

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖