ढोका बन्द गरेर रवि–बालेन वार्तारत,पर्खाइमा सुदन

काठमाडौ । कुपण्डोलस्थित कुमार बेनको निवासमा यतिबेला धेरैको ध्यान केन्द्रित छ, जहाँ रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र साह वार्तारत छन् । कुमार बेन मेयर साहका निकट सहयोगी हुन् ।

बेन्जनकार निवासभित्र भुइँतल्लामा एउटा सानो कुटीजस्तो छाप्रो छ । त्यहीँ रवि र बालेन ढोका लगाएर बसिरहेको स्रोतले बतायो । सुरूमा रवि र बालेनसँगै रास्वपाका असिम साह र कुमार बेनबीच प्रारम्भिक छलफल भएको थियो । त्यसपछि असिम र कुमार निस्केर रवि-बालेन वान टु वान छलफलमा छन् ।

घरमा अन्य व्यक्तिहरुको लर्को छ । जेन-जीका अगुवा भनिएका सुधन गुरुङ घन्टौंदेखि त्यहीँ नै छन् । उनी रवि-बालेनको छलफल उपलब्धीपूर्ण हुने आशामा पर्खेर बसेका हुन् । यसैगरी बालेननिकट कलाकार अर्जुन घिमिरे ‘पाँडे’ र रियालिटी शो निर्देशक विशाल भण्डारी पनि देखिन्छन् ।

केही समयअघि कांग्रेस नेता सुनील शर्मा बालेनलाई भेटेर फर्किएका थिए । रास्वपाका असिम साह पनि बाहिर पर्खिरहेका छन् । आजको वार्ता फलदायी हुने उनी बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।