ताप्लेजुङको फक्तालुङमा आगलागी हुँदा ९ लाखको क्षति

ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको फक्तालुङ गाउँपालिका–५ हेल्लोकमा आगलागी हुँदा ९ लाख रुपियाँ बढीको क्षति भएको छ । बुधबार साँझ करिब ५ बजेको समयमा स्थानीय दर्शन लिम्बूको घरमा आगलागी हुँदा उक्त बराबरको क्षति भएको हो।

घरमा ठूला मान्छे नभएको बेला साना बच्चाहरूले आगो ताप्नका लागि बालिएको आगोबाट घरमा आगो सल्की आगलागी भएको प्रहरी नायब उपरीक्षक डीएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट ढुङ्गा, माटो र काठले बनेको एक तले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

घरभित्र रहेको अन्नपात, काठपात, लत्ताकपडा, भाँडाकुँडा, नगद २० हजार रुपियाँ र घरधनी लिम्बू तथा श्रीमती हेमकला लिम्बुको नागरिकता प्रमाणपत्रसहित अन्य महत्वपूर्ण कागजातहरू समेत जलेर नष्ट भएको छ ।

आगलागीबाट ९ लाख रुपियाँ भन्दा बढीको क्षति भएको अनुमान गरिएको प्रहरीको भनाई छ । उक्त घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।-रेडियो काबेली

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖