नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने आफु चुनाव नलड्ने महामन्त्री गगन थापाको घोषणा

काठमाडौ । बिहीबार (पुस १०) बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्री थापाले चुनावअघि पार्टी नेतृत्व परिवर्तन अनिवार्य भएको धारणा राख्दै, नेतृत्व परिवर्तन नगरी चुनावमा जान असम्भव हुने बताएका हुन्।

बैठकमा थापाले भने, “आसन्न प्रतिनिधिसभा चुनावअघि नेपाली कांग्रेसको नेतृत्व परिवर्तन अनिवार्य छ। नेतृत्व परिवर्तन नगरी चुनावमा जान सकिँदैन।” थापाको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले बाह्रखरीसँग भने, “यदि नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने तपाईंहरू जो-जो चुनाव लड्नुहुन्छ लड्नुहोस्, म भने चुनाव लड्दिनँ।”

महामन्त्री थापाले पार्टीको महाधिवेशन अब नेपाली कांग्रेसभित्रको मात्र विषय नरहेको पनि बताए। उनले कांग्रेसको नेतृत्व चयन र परिवर्तनलाई जनचासोको विषय बनिसकेको उल्लेख गर्दै भने, “नेपाली कांग्रेसको महाधिवेशन अब कांग्रेसको मात्रै सरोकारको विषय होइन, यो आम जनसरोकारको विषय बनिसकेको छ।”

उनले चुनावको समयमा जनताले नेतृत्व परिवर्तनको विषयमा प्रश्न गर्ने भएकाले त्यसको स्पष्ट उत्तर दिन सक्ने अवस्था हुनुपर्ने बताए। “हामी चुनावमा जाँदै गर्दा जनताले ‘खै त तिमीहरूले नेतृत्व परिवर्तन गरेको ?’ भनेर सोध्दा दिने जवाफ चाहिन्छ,” थापाले बैठकमा भने।

महामन्त्री थापाको यो घोषणालाई नेपाली कांग्रेसभित्र नेतृत्व, महाधिवेशन र आगामी चुनावी रणनीतिसँग जोडेर हेरिएको छ। यसले पार्टीभित्र नेतृत्व परिवर्तनको बहसलाई अझ तीव्र बनाउने संकेत गरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।