मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

चितवन,११ पुस । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइतेका भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडी तर्फ जादैँ गरेको बा.प्र.०२–०३४ प ५२०५ नम्बरको मोटरसाइकल बिहिबार विहान २ ः ४५ बजे रत्ननगर नगरपालिका ९ टिकौली स्थित पुर्व पश्चिम राजमार्गमा आफै अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाइकल चालक चितवनको माडी नगरपालिका १ गर्दी बस्ने २० बर्षिय तृशल महतोको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका महतोको सेन्ट्रल हस्पिटल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी रवीन्द्र खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मोटरसाइकलमा पछाडी सवार माडी नगरपालिका ६ बस्ने वर्ष १९ को अंकित महतो सामान्य घाइते भएका छन् । घाइते महतोको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।