दुई जना बेपत्ता
धनगढी । डडेल्धुरा र अछामका दुई जना बेपत्ता भएका छन् । प्रहरीकाअनुसार उनीहरु बुधबारदेखि बेपत्ता भएका हुन् । अछामको साँफेबगर नगरपालिका–१० खप्तड फोडामा भेडाबाख्रा चराउँदै आएका युवक सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन हुनेमा हिमाली गाउँपालिका–३ गुम्डा घर भई हाल साँफेबगर नगरपालिका–१० खप्तड फोडामा बस्दै आएका प्रेम गुरुङका छोरा अन्दाजी १९ वर्षका तेन्जिङ गुरुङ रहेका छन् ।
उनी एक महिनादेखि हिमाली गाउँपालिकामा भेडा चराउदै आएका थिए । डडेल्धुराबाट भने मानसिक अवस्था कमजोर भएकी एक महिला हराएकी छन्। परशुराम नगरपालिका–५ लामीखाली बस्ने रामसिंह महताको श्रीमती लक्ष्मीदेवी महता बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता महताको खोजी कार्य भइरहेको छ ।


