ज्येष्ठ नागरिक राष्ट्रका जीवित इतिहास हुन् : मेयर कोइराला

विराटनगर । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस–२०८२ का अवसरमा विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकप्रति सम्मान, सुरक्षा र सहकार्यलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

महानगरपालिकाका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकहरूलाई समाजका जीवित इतिहास, अनुभवका भण्डार र मूल्य–मान्यताका मार्गदर्शकको रूपमा चित्रण गर्दै उनीहरूको योगदानकै कारण राष्ट्र सभ्य, सचेत र उत्तरदायी बन्दै गएको बताएका छन् ।

ज्येष्ठ नागरिक दिवसका अवसरमा जारी शुभकामना सन्देशमा मेयर कोइरालाले कठिन संघर्ष, त्याग र समर्पणबाट सिंचित ज्येष्ठ नागरिकको जीवनयात्राले नयाँ पुस्तालाई कर्म, इमानदारी र धैर्यताको पाठ सिकाएको उल्लेख गरेका छन् । उनका अनुसार ज्येष्ठ नागरिकसँग रहेको अनुभव, ज्ञान र सीप विगतको स्मृति मात्र नभई वर्तमानको मार्गनिर्देशक र भविष्यको बलियो आधार हो ।

महानगरपालिकाले ज्येष्ठ नागरिकलाई बोझका रूपमा होइन, प्रेरणाका स्रोतका रूपमा सम्मान गर्ने संस्कार विकास गर्न आवश्यक रहेको बताएको छ । ज्येष्ठ नागरिकको सुझबुझ, व्यवहारिक ज्ञान र जीवन दर्शनलाई सामाजिक विकाससँग जोड्न सके समाज अझ सुदृढ, समावेशी र न्यायपूर्ण बन्ने मेयर कोइरालाको धारणा छ ।

विराटनगर महानगरपालिका ज्येष्ठ नागरिकमैत्री नीति, कार्यक्रम र संरचनामार्फत उनीहरूको आत्मसम्मान, सुरक्षा र सक्रिय सहभागिता सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि सन्देशमा उल्लेख छ । ज्येष्ठ नागरिकको अनुभव र सीपलाई समुदाय र स्थानीय विकाससँग जोड्दै उनीहरूलाई सामाजिक रुपान्तरणका साझेदारका रूपमा अघि बढाइने महानगरपालिकाले जनाएको छ ।

दिवसका अवसरमा मेयर कोइरालाले विराटनगर महानगरवासी सम्पूर्ण ज्येष्ठ नागरिकमा सुस्वास्थ्य, दीर्घायु र सुखमय जीवनको कामना गर्दै उनीहरूको आशीर्वाद, अनुभव र मार्गदर्शनले विराटनगरसहित देशलाई उज्यालो भविष्यतर्फ डो¥याउने विश्वास व्यक्त गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।