हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

काठमाडौ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। उनलाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौंको हात्तीवनस्थित निवासमा स्वागत गरेका हुन्।

डा. परियारलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले उनीजस्तो प्राज्ञिक र वैचारिक व्यक्तित्व नेकपामा आबद्ध हुनु खुसीको विषय भएको बताए। उनले सामाजिक न्याय, समावेशिता र दलित मुक्ति आन्दोलनलाई अघि बढाउन डा. परियारको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

डा. परियारले जनयुद्ध र त्यसपछिको राजनीतिक परिवर्तनमार्फत गणतन्त्र स्थापनामा प्रचण्डले खेलेको भूमिकाबाट आफू प्रभावित भएको बताए। उनले अब दलित मुक्ति आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन सक्रिय रूपमा योगदान गर्ने प्रतिबद्धता जनाए।

यसअघि बुटवलमा पुस ५ गते आयोजित एक कार्यक्रममा आयोजकप्रति गरिएको व्यवहार ठीक नभएको आरोप लगाउँदै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले डा. परियारमाथि कारबाही गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए। त्यसपछि डा. परियारले उक्त पार्टी छाड्दै नेकपामा प्रवेश गरेका हुन्।

डा. परियारको प्रवेशसँगै दलित आन्दोलन र वाम राजनीतिमा नयाँ समीकरणको संकेत देखिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।