मोरङको ग्रामथानमा टिपरको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु, बुवा घाइते

मोरङ । विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकामा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ भने उनका बुवा घाइते भएका छन्।

प्रहरीका अनुसार बिहीबार साँझ करिब ५ बजे गिट्टी बोकेर विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९७७० नम्बरको टिपरले ग्रामथान गाउँपालिका–५ ककडमाडीमा उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेको प्रदेश १-०२-०५२ प ९००५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटरको पछाडि सवार ग्रामथान–५ का १४ वर्षीय अनुप कार्की गम्भीर घाइते भएका थिए।उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुर्‍याइएका उनलाई साँझ ५ः४५ बजे चिकित्सकले मृत घोषणा गरेको मोरङ ट्राफिक प्रहरीका इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए।
दुर्घटनामा स्कुटर चालक तथा मृतकका बुवा ३५ वर्षीय केशर कार्की घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र नोबेल शिक्षण अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक सुन्दरहरैँचा नगरपालिका–४ का अन्दाजी २४ वर्षीय सञ्जय चौधरीलाई नियन्त्रणमा लिएको छ।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार टिपरको तीव्र गतिका कारण दुर्घटना भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।-बेतना दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।