नोबेल मेडिकल कलेज अस्पतालको पार्किङ एरियाबाट बेवारीसे अबस्थामा लागु औषध ट्रामाडोल फेला
विराटनगर । विराटनगरबाट वेवारिसे अवस्थामा लागूऔषध ट्रामाडोल बरामद गरिएको छ ।
विराटनगर महानगरपालिका ४ स्थित नोबेल मेडिकल कलेज अस्पतालको पार्किङ एरियामा बेवारीसे अबस्थामा कालो रंगको झोला रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, मोरङबाट प्रहरी टोली खटि गई झोला खोली हेर्दा उक्त झोला भित्र प्रतिबन्धित लागूऔषध जम्मा ६००० (छ हजार) पिस ट्रामाडोल फेला परेको जिल्ला प्रहरी कार्यालय, मोरङवे जनाएको छ ।
यस सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


