बिर्तामोडको सैनिक मोड क्षेत्रका होटलहरुमा यौन व्यवसाय,एक युवती पक्राउ

झापा । झापाको बिर्तामोडको सैनिक मोड क्षेत्रका होटलहरुमा यौन व्यवसाय हुने गरेको गुनासो आइरहेका बेला प्रहरीले त्यहाँको होटेलबाट एक युवतीलाई पक्राउ गरेको छ ।

हिजो साँझ बिर्तामोड-३ सैनिक मोडमा रहेको आसाम होटेल एन्ड लजबाट ती युवती पक्राउ परेकी हुन् । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा आसाम होटेल एन्ड लजको कम्पाउन्डभित्र बिर्तामोड वडा न.७ बस्ने अन्दाजी १८ वर्षकी युवतीलाई शङ्कास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । ती युवतीका बारेमा आफन्तलाई जानकारी गराउने कार्य भइरहेको जनाइएको छ । आँखा उपचार गराउन आउने भारतीयहरूलाई लक्षित गरी सैनिक मोड क्षेत्रका होटलहरुमा यौन व्यवसाय सञ्चालन हुने गरेको चर्चा चल्दै आएको छ ।

त्यस्तै बिर्तामोडको नयाँ बसपार्क क्षेत्रका होटलहरुमा पनि यौन व्यवसाय हुने गरेको गुनासो प्रहरी समक्ष स्थानीयले गरेपनि अहिलेसम्म प्रहरीले त्यस क्षेत्रमा भने एक्सन लिएको देखिँदैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।