सुनसरीको दुहबीमा श्रीमानले श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–३ मा एक व्यक्तिले आफ्नै श्रीमतीलाई पेट्रोल छर्किएर आगो लगाई गम्भीर घाइते बनाएका छन् ।

बिहीबार दिउँसो दुहबी–३, मुक्तिनाथ मन्दिर नजिक बस्ने ३३ वर्षीय मुस्तफा सेखले घरायसी विवादका क्रममा २८ वर्षीया श्रीमती खुस्बु खातुनको शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको टाेलीले खुस्बुलाई तत्काल उद्धार गरी उपचारका लागि दुहबीस्थित सामुदायिक अस्पताल पठाएको थियो ।सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि विराटनगरस्थित पारस अस्पताल लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्र खड्काका अनुसार घाइते खातुनको दुवै हात, घाँटी, छाती र अनुहार जलेको छ ।श्रीमतीलाई आगो लगाउने मुस्तफा सेखलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय दुहबीमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।