नेकपा ताप्लेजुङले प्रत्यक्ष तर्फ गर्यो खेलप्रसाद बुडाक्षेत्री (पराग)को एकल नाम सिफारिस

ताप्लेजुङ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ खेलप्रसाद बुडाक्षेत्री परागको एकल नाम सिफारिस गरेको छ । शुक्रबार बसेको नेकपाको पूर्ण बैठकले प्रत्यक्ष तर्फ नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता परागको एकल नाम सिफारिस गरेको हो ।

मेरिङदेन गाउँपालिकाका उपाध्यक्ष समेत रहनु भएका दुर्गाहाङ श्रेङचोङबाङको अध्यक्षतामा बसेको बैठकले प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा तर्फको उम्मेद्वार सर्वसम्मत रुपमा सिफारिस गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता विष्णु कुमार हाङबाङले बताउनुभयो । पराग यसअघिको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको गठबन्धनतर्फको साझा उम्मेद्वार रहनु भएको थियो ।

उहाँ नेकपा एमालेको उम्मेद्वार योगेश भट्टराईसँग २ सय ८ मतले पराजित हुनु भएको थियो । परागलाई नै पुन आगामी फागुन २१ को निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवारमा दोहो¥याउने निर्णय गरिएको नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले जनाएको छ । पार्टीका अनुसार समानुपातिक तर्फ आदिवासी जनजातिबाट रामचन्द्र पोमु (आरसी), अल्पसंख्यकबाट दावछिरिङ शेर्पा (बिशालु), महिलाबाट कल्पना तुम्बाहाङफे र खुल्लाबाट असिम लिम्बूलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरिएको हाङबाङको भनाई छ ।

यस्तै राष्ट्रिय सभाका लागि खुल्लाबाट पर्शु कार्की र दलितबाट नेत्र नेपालीलाई सर्वसम्मत नै सिफारिस गरिएको छ । फागुन २१ का लागि अधिकांश दलले उम्मेद्वार सिफारिस गर्ने कार्य जारी राखेका छन् । यसअघि नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलले उम्मेद्वार सिफारिस गरि सकेका छन् ।

विभिन्न १६ ओटा दलहरूको एकतामार्फत गठित नेपाली कम्युनिष्ट पार्टीले पछिल्लो समयमा एकता सन्देश सभाको कार्यक्रमलाई समेत तिव्रता दिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।